आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अभिनेत्री कंगना भारतीय लोकसभामा निर्वाचित

अभिनेत्री कंगना भारतीय लोकसभामा निर्वाचित

  • मिडिया डबली
  • मंगलवार, जेठ २२ २०८१

  • 1.6K
    SHARES

  • अभिनेत्री कंगना भारतीय लोकसभामा निर्वाचित

    भारतीय अभिनेत्री कंगना रनौतले चुनाव जितेकी छन्। भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी रनौतले लोकसभाको निर्वाचन जितेकी हुन्।

    कंगना हिमांचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट चुनावमा उठेकी थिइन्। कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएकी हुन्।

    पहिलो पटक चुनावी मैदानमा उत्रेकी कंगनाले क्वीन, पंगा लगायतका थुप्रै फिल्ममा काम गरिसकेकी छन्। उनले पद्मश्री, ४ राष्ट्रिय अवार्ड र ५ फिल्मफेयर अवार्ड समेत पाइसकेकी छन्।

    जितपछि कंगनाले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको मिडियासँग बताएकी छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २२ २०८१०६:१७:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend