सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सडक विभाग र काठमाडौं महानगरपालिकाबिचकाे विवाद लज्जास्पद : प्रतिमा गाैतम

सडक विभाग र काठमाडौं महानगरपालिकाबिचकाे विवाद लज्जास्पद : प्रतिमा गाैतम

  • मिडिया डबली
  • सोमवार, जेठ २१ २०८१

  • 2.4K
    SHARES

  • सडक विभाग र काठमाडौं महानगरपालिकाबिचकाे विवाद लज्जास्पद : प्रतिमा गाैतम

    काठमाडौं - नेपाली कांग्रेसकी सांसद प्रतिमा गा‌ैतमले सडक विभाग काठमाडौं महानगरपालिकाबीचकाे विवाद लज्जास्पद भएकाे बताएकी छन् ।

    प्रतिनिधसभा बैठकमा आज शून्य समयमा बाेल्दै सांसद गा‌ैतमले सडक र फुटपाथ निर्माणकाे विषयमा विवाद हुनु लज्जासपद भएकाे बताइन् । राज्यका दुई अंगबिच सिर्जना भएका यस्ता विवाले संघीयतामाथि नै प्रश्न उठ्ने भन्दै गाैतमले गम्भीर बन्न आग्रह गरेकी थिइन् ।

    `सभामुख महाेदय, अहिले काठमाडौं महानगरपालिका र सडक विभागबिच आराेपप्रत्याराेप चलिरहेकाे छ । फाेहाेर व्यवस्थापनकाे विषय , सडक र फुटपाथ निर्माणकाे विषयमा कसकाे क्षेत्राधिकार के ? पटक पटक विवाद हुनु लज्जास्पद विषय हाे ,´ गाैतमले भनिन् ,` राज्यका दुई अंगबिचकाे विवाद सतहमा सामान्य लागे पनि यसले दिने सन्देश सामान्य छैन । स्थानीय सरकार र संघबिच हुने यस्तै विवादका कारण अहिले संघीय व्यवस्था माथिनै प्रश्न उठिरहेकाे छ । यसतर्फ पनि गम्भीर हुन सराेकारवालाहरूकाे ध्यानाकर्षण गराउँदछु । ´

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २१ २०८१०१:४६:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend