काठमाडौं - अल हिलालले किङ कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै किङ कपको उपाधि जितेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक बनेको थियो । १-० गोलले पछि परेको अल नासरले खेलको ८८औ मिनेटमा बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा खेलाइएको थियो । अल हिलालका लागि खेलको सातौँ मिनेटमा अलेक्जान्डर मिट्रोभिकले गोल गरेका थिए भने अल नासरका लागि आयम्यान याहाले बराबरी गोल गरेका थिए ।
यस खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ५६औं मिनेटमा अल नासरका डेभिड ओस्पिनाले रातो कार्ड पाएका थिए भने खेलको ८७औ र ९०औं मिनेटमा अल हिलालका अलि अल्बूलायहि र कालीडोउ कोउलिबालीले रातो कार्ड पाएका थिए ।
३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको तिह्यो । पेनाल्टी सुटआउटमा अल हिलाल ५-४ ले विजयी भयो र उपाधि जितेको थियो । यो अल हिलालको लगातार दोस्रो र समग्रमा ११औ किङ कप को उपाधि हो ।
अल नासरले भने अहिलेसम्म १५ पटक फाइनल खेलेपनि केवल ६ पटक यो उपाधि जितेको छ । पछिल्लो पटक अल नासरले १९९० मा यो उपाधि जितेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।