आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

  • मिडिया डबली
  • शुक्रवार, जेठ १८ २०८१

  • 2.0K
    SHARES

  • अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

    काठमाडौँ - उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

    कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका हुन् ।

    कभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेलखेलेका छन् । यस क्रममा उनले चार विश्वकपमा सहभागिता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि सन्यासको घोषणा गरेका छन् ।

    कभानी हाल अर्जेन्टिनाको बोका जुनियर्समा आफ्नो क्लब फुटबल खेल्दै छन्, जहाँ उनले १८ खेलमा १२ गोल गरिसकेका छन् ।

    कभानीले यसअघि नापोली, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडलगायत युरोपेली शीर्ष क्लबहरूबाट खेलिसकेका छन् ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १८ २०८१०२:१३:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend