काठमाडौँ - इन्टर मियामी अमेरिकन लिग सकर अन्तर्गतको खेलमा पराजित भएको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-१ गोल अन्तरले परजित भएको हो ।
एटलान्टाको जितमा साबा लोब्जहान्डलजेले २ गोल गरेका थिए भने जर्नल थियरेले एक गोल गरेका थिए । त्यस्तै इन्टर मियामीका लागि एक गोल लियोनेल मेसीले गरेका थिए ।
इन्टर मियामीको यस सिजनमा यो तेस्रो हार हो । १७ खेलमा ३४ अंक हासिल गरेको इन्टर मियामी शिर्ष स्थानमा रहेको छ । त्यस्तै एटलान्टाको भने यो १५ खेलमा चौथो जित हो । १५ खेलमा १६ अंक हासिल गरेको एटलान्टा लिगको १२औं स्थानमा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।