काठमाडौँ - अमेरिकाको युनाइटेड एयरलाइन्सको विमानमा अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दौडिरहेको बेला आगलागी भएको छ । यो एयरबस ए ३२० विमानको एउटा इन्जिनबाट धुवाँ निस्किरहेको देख्दा यो उड्नै लागेको थियो ।
यसलाई तुरुन्तै रोकियो र सबै १४८ यात्रु र ५ चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो । दुर्घटनाका कारण विमानस्थलका सबै उडान ४५ मिनेटका लागि रोकिएको थियो । विमानस्थलमा उपस्थित आकस्मिक टोलीले यात्रुलाई बचायो । अमेरिकी मिडिया हाउस फक्स न्यूजका अनुसार एयरपोर्ट प्राधिकरणले दुर्घटनाको पुष्टि गरेको छ ।
अहिले उड्डयन अध्यागमन प्राधिकरणले सम्पूर्ण विषयको छानबिन गरिरहेको छ । एयरलाइन्सले यात्रुहरूसँग माफी मागेर उनीहरूका लागि अर्को उडानको व्यवस्था गरेको थियो। घटना भएको ४ घण्टापछि दोस्रो उडान उडेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।