आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट

सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट

  • मिडिया डबली
  • शुक्रवार, जेठ ११ २०८१

  • 1.6K
    SHARES

  • सिङ्गापुर एयरलाइन्स टर्ब्युलेन्स: २० जनाको मेरुदण्डमा गम्भीर चोट

    काठमाडौँ - सिङ्गापुर एयरलाइन्सको विमानमा गम्भिर टर्ब्युलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको छ ।

    बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।

    लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ । विमानमा सवार यात्रुहरूले विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए । 

    मेरुदण्डमा चोट लागेका २० जना छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ । सिंगापुर एयरलाइन्सको विमान एसक्यू ३२१ लन्डनबाट सिंगापुरको लागि मंगलबार गम्भीर टर्ब्युलेन्समा परेको थियो । यस घटनामा ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु  भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ११ २०८११०:०६:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend