सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

लुम्बिनीमा भारतको विशेष कार्यक्रम, राजदूतले दिए प्रधानमन्त्रीलाई सिक्किमको थाङ्का चित्र उपहार

लुम्बिनीमा भारतको विशेष कार्यक्रम, राजदूतले दिए प्रधानमन्त्रीलाई सिक्किमको थाङ्का चित्र उपहार

  • मिडिया डबली
  • बिहिवार, जेठ १० २०८१

  • 1.1K
    SHARES

  • लुम्बिनीमा भारतको विशेष कार्यक्रम, राजदूतले दिए प्रधानमन्त्रीलाई सिक्किमको थाङ्का चित्र उपहार

    लुम्बिनी । बुद्ध जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा बुधबार लुम्बिनीमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको सुरुवात भएको छ ।

    50a7581d-056c-4902-81da-7a825a4330e2.jpegभारत र नेपालका विशिष्ट बौद्ध विद्वानहरूले गोष्ठीमा सहभागिता जनाई आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार, अन्तर्दृष्टि साझा गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पारेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए । लुम्बिनीमा बुद्ध जयन्ती मनाउने क्रममा यस विशेष कार्यक्रमको मुख्य आकर्षण लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थ प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र साँस्कृतिक साँझ रहेको थियो ।

    ‘भगवान् बुद्ध र वहाँका शिक्षाहरू’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री दाहालले गरेका छन् । जसमा काठमाडौं र लुम्बिनीका विद्यालयका विद्यार्थीले तयार पारेका उत्कृष्ट चित्रहरू राखिएका छन् । यी चित्रहरूमा भगवान् बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरूलाई चित्रण गरिएको थियो ।

    वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित साँस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए । हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरूले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो ।

    b286fece-2218-48a7-82d0-e05604473fa4.jpegभारतकी कविता द्विवेदी र वहाँको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा. सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरूको मार्मिक प्रस्तुति र सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’द्वारा बौद्ध गीतहरूको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

    स्वागत मन्तव्यमा राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रुपमा रहेको जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताए । नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरू हुन् जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरूमा फैलिएको थियो ।

    राजदूत श्रीवास्तवले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त साँस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरूको प्रशंसा गरेका छन् ।

    दाहालले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले हाम्रा दुई देशबीचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने बताए । उनले यस्ता कार्यक्रम गर्वको स्रोत मात्र नभई ज्ञानको खजाना रहेको बताएका छन् ।

    दाहालले विभिन्न क्षेत्रबीचको सहकार्यले मजबुत बनाएको नेपाल र भारतबीच सदियौं पुरानो, बहुआयामिक सम्बन्ध रहेको बताएका छन् । कार्यक्रममा नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याक्याल लामा लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा भारत र नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूका साथै सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतको सिक्किमको विस्तृत रुपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरुप प्रदान गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १० २०८१०८:४१:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend