आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

  • मिडिया डबली
  • बिहिवार, जेठ ३ २०८१

  • 1.1K
    SHARES

  • मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

    काठमाडौँ - बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा गेट्स अब बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट अलग हुने भएकी छन् ।उनले परोपकारको क्षेत्रमा अर्को चरणमा जानका लागि यो उपयुक्त समय भएको बताउदै गेट्स फाउन्डेसनबाट अलग हुने घोषणा गरेकी हुन् ।

    मेलिन्डा सन् २००० देखि यस फाउन्डेसनसँग आबद्ध छिन् । उनले बिल गेट्ससँग अलग हुने सम्झौता अन्तर्गत उनले गेट्स फाउन्डेसनमा गरेको परोपकारी कार्यका लागि थप १२.५ बिलियन डलर भुक्तानी पाउने बताइन्।

    मेलिन्डाले एक्स पोष्टमा लेखेकी छिन्, ‘धेरै सोचविचारपछि मैले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको सह-अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेको छु । फाउन्डेसनसँग काम गर्ने मेरो अन्तिम दिन जुन ७ हुनेछ । गेट्स फाउन्डेसन बलियो स्थितिमा छ भन्ने विश्वासका साथ मैले यो कदम चालेको छु । सीईओ मार्क सुजम्यान, कार्यकारी नेतृत्व र अनुभवी बोर्ड अफ ट्रस्टीले सबै आवश्यक कामहरू जारी रहेको सुनिश्चित गर्नेछन् ।'

    त्यस्तै बिल गेट्सले भने- 'म विश्वस्त छु कि तपाईंले भविष्यमा पनि आफ्नो परोपकारी कामबाट गहिरो छाप छोड्नुहुनेछ ।'

    मेलिन्डा गेट्सको यो घोषणा पछि, बिल गेट्सले छुट्टै पोस्टमा भने कि मेलिन्डाको बिदाईबाट आफू दुखी छु, तर म विश्वस्त छु कि उनले आफ्नो परोपकारी कामबाट भविष्यमा गहिरो छाप छोड्नेछन् । म फाउन्डेसनको काम र विश्वभरि लाखौं मानिसहरूको जीवन सुधार गर्न पूर्ण रूपमा प्रतिबद्ध छु ।

    सन् २०२१ को मेमा सम्बन्धविच्छेद भएपछि पनि बिल र मेलिन्डा फाउन्डेसनमा सँगै काम गरिरहेका थिए । गेट्स फाउन्डेशनबाट मेलिन्डाको बाहिरिने खबर धेरै वर्षदेखि आइरहेको थियो । बिल गेट्स र मेलिन्डा गेट्सले विवाहको २७ वर्षपछि मे २०२१ मा सम्बन्धविच्छेदको घोषणा गरेका थिए । 

    बिल गेट्स र मेलिन्डाको पहिलो भेट सन् १९८७ मा भएको थियो र दुवैले १९९४ मा विवाह गरेका थिए । बिल गेट्स विश्वका धनी व्यक्तिहरूमा गनिन्छन् । उनी र मेलिन्डा सामाजिक सेवाका लागि पनि परिचित छन्। दुवैका तीन सन्तान पनि छन् ।

    मेलिन्डा गेट्सले सन् १९९६ मा माइक्रोसफ्टको जागिर छोडेकी थिइन् । यसपछि उनले सन् १९९६ देखि २००३ सम्म ड्युक विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा काम गरेकी थिइन् । त्यसपछि उनले आफ्ना पति बिल गेट्ससँग मिलेर गेट्स लाइब्रेरी फाउन्डेसन स्थापना गरे जसको नाम सन् २००० मा 'बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन' राखिएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ३ २०८१०९:१०:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend