आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आधुनिक किचनका लागि माइडिया वाईफाई रेफ्रिजेरेटर, घर बाहिरबाटै कन्ट्रोल गर्न सकिने

आधुनिक किचनका लागि माइडिया वाईफाई रेफ्रिजेरेटर, घर बाहिरबाटै कन्ट्रोल गर्न सकिने

  • मिडिया डबली
  • मंगलवार, बैशाख २५ २०८१

  • 1.6K
    SHARES

  • आधुनिक किचनका लागि माइडिया वाईफाई रेफ्रिजेरेटर, घर बाहिरबाटै कन्ट्रोल गर्न सकिने

    काठमाडौं - वर्ल्ड नम्बर १ अप्लाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड बाइ साइड र मल्टीडोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।

    नेपालमा ग्राहकहरुबाट अत्यधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा MSmartHome एपमार्फत वाईफाई कनेक्टिभिटीमार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ । अफिसया घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ ।

    इन्भर्टरक्वाट्रो ९ष्लखभचतभच त्रगबततचय० मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया वाईफाई रेफ्रिजेरेटरले ऊर्जाको सही उपयोग र बिजुलीको लागत घटाउँदै खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ ।

    एक्सप्रेस कुलिङ सर्कलले पेयपदार्थ र परिकारहरूको तत्काल आनन्द लिन चाँडै चिस्याउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार एक्टिभ सी फ्रेश प्रणालीले गन्धलाई कम राख्छ । रेफ्रिजेरेटर ब्रशस्टिल डिजाइन गरिएका रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्शनले ग्राहकहरुलाई आवश्यकनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्नसक्ने सुविधा छ ।

    साइड बाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको कम्पनीले बताएको छ । नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारेन्टी दिइएको छ ।

    नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरिद गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ। साथै नयाँ वर्ष २०८१को अवसरमा माइडिया ब्रान्डको रेफ्रिजेरेटर खरिद गरी हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड बाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ ।

    माइडिया ब्रान्डका वासिङ मेसिन, वासर ड्रायर, माइक्रो वेभ ओभन, एयरफ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २५ २०८१०२:३८:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend