आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा

इरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा

  • मिडिया डबली
  • मंगलवार, बैशाख १८ २०८१

  • 1.2K
    SHARES

  • इरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा

    काठमाडौँ - इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा भएको छ । बिबिसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार र हत्या गरेका थिए ।

     सुरक्षा बलहरूले लेखेको विश्वास गरिएको एउटा लीक कागजातबाट यो प्रकाशमा आएको हो । सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीको नौ दिनपछि शव फेला परेको थियो ।

    इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो । यो प्रतिवेदनलाई "अत्यधिक गोप्य" भनी चिन्ह लगाइएको छ । यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोरद्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो ।

    यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ । सो गोप्य प्रतिवेदनमा एक व्यक्तिले उनीहरूको शोषण गरेको, हातकडी लगाएर पनि निकाले विरोध गरिरहेको र हात खुट्टा हलाएर आफूलाई बचाउने प्रयास गरेको उल्लेख छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १८ २०८११०:०२:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend