आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खनियाँ एनआईसी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

खनियाँ एनआईसी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

  • मिडिया डबली
  • सोमवार, बैशाख १७ २०८१

  • 1.3K
    SHARES

  • खनियाँ एनआईसी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

    काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडका सहायक महाप्रबन्धक अर्जुन राज खनियाँ सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् ।

    सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका खनियाँलाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो ।

    सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका उनले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् ।

    सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाँले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको पमा नियुत्त भएका थिए ।

    त्यसयता बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका खनियाँ हाल बैंकको Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystemप्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १७ २०८१०२:२४:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend