आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

टिकटक बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !

टिकटक बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !

  • मिडिया डबली
  • बिहिवार, बैशाख १३ २०८१

  • 1.3K
    SHARES

  • टिकटक बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !

    काठमाडौँ । अमेरिकामा टिकटक बारे नयाँ कानुन जारी भएको छ । राष्ट्रपति जो बाइडेनले संसदको दुवै सदनले पारित गरेक एक कानुनमा हस्ताक्षर गरेसँगै टिकटक सम्बन्धि नयाँ कानुन लागु भएको छ ।

    अब टिकटकको मूल कम्पनि बाइट डान्सलाई अमेरिकामा आफ्नो कम्पनीको शेयर बेच्न करिब एक बर्षको समय पाउने छ । सो समयभित्र टिकटकको स्वामित्व चिनियाँ लगानी कर्ताबाट अमेरिकी लगानीकर्तामा नसारेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुने छ ।   

    यता टिकटकले भने अमेरिकी नयाँ कानुनलाई चुनौती दिने बताएको छ । अमेरिकाले टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो ।

    तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ । टिकटकका विश्वमै सबैभन्दा बढी प्रयोगकर्ता अमेरिकामा रहेका छन् । अमेरिकामा १७० मिलियन भन्दा बढीले टिकटकको प्रयोग गरिरहेका छन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १३ २०८११२:२४:५१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend