आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वायु प्रदूषणका कारण बढ्यो एअर प्युरिफायरको माग

वायु प्रदूषणका कारण बढ्यो एअर प्युरिफायरको माग

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ३० २०८०

  • 1.4K
    SHARES

  • वायु प्रदूषणका कारण बढ्यो एअर प्युरिफायरको माग

    काठमाडौँ । विभिन्न मानवीय र प्राकृतिक कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सवारी साधनबाट हुने कार्बन उत्सर्जन, बाटोघाटो मर्मत र निर्माणका कारण फैलिएको धुलो, ईटाभट्टा तथा कारखानाबाट निस्केको धुवाँ, खराब फोहोर व्यवस्थापन र जंगलमा लागेको डढेलो आदि यसका प्रमुख कारणहरु हुन् ।

    वायु प्रदूषण बढेका कारण सर्वसाधारणमा आँखा जलन, सुख्खा खोकी, टाउको दुखाइ जस्ता स्वास्थ्य समस्याहरु देखिएको छ। विभिन्न कारणले गर्दा बढेको वायु प्रदूषण र स्वास्थ्य समस्याहरुले गर्दा काठमाडौँमा एअर प्युरिफायरको माग बढेको छ ।

    बजारमा विभिन्न ब्रान्डका एअर प्युरिफायरहरु उपलब्ध छन् । नेपालको नम्बर १ अन्तर्राष्ट्रिय ब्रान्ड एलजीको पनि ३६० डिग्री एअर प्युरिफायर नेपाली बजारमा उपलब्ध ।

    छ जसको ३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ। एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपका अनुसार सो एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्दछ, जसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको पिएम १.० सम्मका साना कणहरु, भाइरस र किटाणुहरुलाई हटाउँछ ।

    चौधरी ग्रुप दाबीसहित भन्छ, 'एलजी प्युरीकेयर ३६० डिग्री एअर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्दछ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी(नासा) द्धारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्धतले हावाको एअर फ्लो उच्चतम गराई एअर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ । मल्टि फिल्ट्रेसन सिस्टम(एचईपीए १३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित सो फिल्टरले घरभित्र भएको ब्याक्टेरिया,भाइरस,धुलोलगायत प्रदूषणलाई ९९.९ प्रतिशत हटाउँदछ ।'

    प्रेस विज्ञप्ति जारी गर्दै चौधरी ग्रुप अगाडि भन्छ, 'त्यस्तै पीएम १.० सेन्सर को साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एअरबर्न पार्टीकल्सलाई पनि निस्कृय पार्दछ । एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाईममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ ।

    यसको ३६० डिग्री डिजाइनको साथ यसले आन्तरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्दछ । सो प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पुर्याउँछ । यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेशनको साथ सफा हावाको वितरण गर्न मद्धत गर्दछ । एलजीको सो एयर प्युरिफायरमा १० वर्षको वारेण्टी पनि रहेको छ ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ३० २०८०११:५४:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend