काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो ।
बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि बैंगलुरुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
जारी आइपिएलमा मुम्बईको यो दोस्रो जित हो । ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ ।
त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुको यो पाँचौं हार हो । ६ खेलमा एक जित हासिल गरेको बैंगलुरुले ५ हार बेहोरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।