आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग

एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ३० २०८०

  • 1.8K
    SHARES

  • एसीसी प्रिमियर कप आजदेखि, नेपालको सामना मलेसियासँग

    काठमाडौँ । आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

    एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।

    प्रिमियर कपमा नेपाल समुह ए मा रहेको छ । समुह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।

    नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ भने दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदखि शुरु हुने छन् ।     

    समुह चरणका खेलपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुने छ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।

    जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी,  कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ३० २०८००६:४२:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend