आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आइपिएलमा आज सनराइजर्स र चेन्नई भिड्दै

आइपिएलमा आज सनराइजर्स र चेन्नई भिड्दै

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २३ २०८०

  • 1.4K
    SHARES

  • आइपिएलमा आज सनराइजर्स र चेन्नई भिड्दै

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुदै छ । शुक्रबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ ।

    हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा चेन्नईले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने सनराइजर्स हैदरावादले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ ।

    चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सलाई पराजित गरेको थियो भने दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो ।

    त्यस्तै सनराइजर्स हैदरावादले मुम्बईलाई पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र गुजरातसँग हार बेहोरेको थियो । सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ ।

    सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

    त्यसैगरी यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

    चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २३ २०८०१०:३७:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend