काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मरले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टी मार्फत गोल गरेका थिए । पाल्मरले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत दुई गोल गरेर जिताएका थिए ।
त्यस्तै चेल्सीको जितमा पहिलो गोल कोनोर गल्लाघेरले गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि अलेजान्द्रो गार्नाचोले २ गोल गरेका थिए भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको २९ खेलमा ४३ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३० खेलमा ४८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।