काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।
कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउदै उनले अबको बैठक कांग्रेसले मग पुरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।
उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।