आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सर्वोच्च अदालतमा हाजिर भए बाबा रामदेव

सर्वोच्च अदालतमा हाजिर भए बाबा रामदेव

  • मिडिया डबली
  • मंगलवार, चैत्र २० २०८०

  • 1.7K
    SHARES

  • सर्वोच्च अदालतमा हाजिर भए बाबा रामदेव

    काठमाडौँ । योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् ।

    सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो । पतञ्जली आयुर्वेदको 'भ्रामक विज्ञापन' सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ ।

    पतञ्जलीले गत महिना यस विषयमा माफी पनि मागेको थियो तर अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।

    अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन् ।

    रामदेवका वकिलले भने, ‘हामी माफी माग्न चाहन्छौँ र अदालतले जे भन्छ त्यही गर्न तयार छौँ ।' फेब्रुअरी २७ गते सर्वोच्च अदालतले पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।

    सर्वोच्च अदालतले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारलाई पनि तान्दै यी मानिसहरू आँखा चिम्लिएर बसेको बताएको छ । अदालतले सरकारले तत्काल केही कदम चाल्नुपर्ने बताएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २० २०८००१:३८:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend