काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो ।
दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन मात्र बनाएको थियो ।
चेन्नईका लागि आजिख्य रहानेले सर्बाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए । त्यसै गरि डार्यल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए ।
त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले सर्बाधिक ३ विकेट लिए भने खलिल अहमदले २ तथा अक्सर पटेलले एक विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै १९१ रन बनाएको थियो ।
दिल्लीका लागि डेभिड वार्नरले ५२ र ऋषव पन्तले ५१ रन बनाएका थिए । त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए ।
यो यस सिजनमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा पहिलो जित हो । दिल्लीले यस सिजनका शुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । त्यस्तै शुरुका दुवै खेल जितेर शानदार जित हासिल गरको चेन्नईले भने तेस्रो खेलमा हार बेहोरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।