काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले आजदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना अघि सारेको छ ।
यस योजना अन्तर्गत ग्राहक वर्गहरूले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न पनि पाउने छन् । यो सुविधा र सर्भिस लिनको लागि ग्राहकले टोल फ्री नम्बर वा एलजीको सामाजिक सञ्जाल पेज मार्फत आफ्नो विवरण रजिष्टर गराउनु पर्नेछ । रजिष्टरपछि एलजीका टेक्निसियन ग्राहकहरूका घरमै आएर सुविधा प्रदान गर्नेछन् ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरेको कम्पनीले बताएको छ ।
साथै ग्राहकले नयाँ एसीमा ४ हजार बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् । कम्पनीले एसीमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।