आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकामा पोर्न स्टार सोफिया मृत अवस्थामा फेला, हत्या भएको आशंकामा अनुसन्धान जारी

अमेरिकामा पोर्न स्टार सोफिया मृत अवस्थामा फेला, हत्या भएको आशंकामा अनुसन्धान जारी

  • मिडिया डबली
  • बिहिवार, चैत्र १ २०८०

  • 1.4K
    SHARES

  • अमेरिकामा पोर्न स्टार सोफिया मृत अवस्थामा फेला, हत्या भएको आशंकामा अनुसन्धान जारी

    न्युयोर्क, १ चैत । पोर्न स्टार सोफिया लियोनको केही दिन अघि भएको मृत्यु हत्याका कारण भएको हुन सक्ने भन्दै खोजी सुरू भएको छ। 
     
    न्यू मेक्सिकोका अधिकारीहरूले  वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका छन, जहाँ उनीहरूले शङ्कास्पद रहेको जनाएका छन । 
     
    २८ वर्षीया लियोनलाई मार्च १ मा परिवारका सदस्यहरूले उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला पारेका थिए। तर, उनको मृत्युको वरपरका परिस्थितिहरू अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । 
     
    वयस्क प्रतिभा एजेन्सी १०१ मोडलिङले ट्विटरमा भनेको छ कि उनको मृत्युलाई सम्भावित डकैती र हत्याको तहवाट अनुसन्धान गरिनु पर्नेछ । 
     
    पिपुल डटकममा प्रकाशित समाचार अनुसन्धान अधिकारीहरू सावधानीपूर्वक अनुसन्धानमा लागेका छन् तर पहिलो चरणमा यसलाई हत्याको रूपमा भने ब्याख्या भने गरिसकेका छैनन । 
     
    तर, प्रारम्भिक पोस्टमार्टम रिपोर्टका अनुसार त्यस्तो कुनै लक्षणहरू वा मृत्युको कारण निर्धारण गर्न नसके पनि अधिकारीहरूलाई थप अनुसन्धान बाँकी रहेको र संदिग्ध मृत्युको रूपमा हेरिएको भने जनाएको छ । 
     
    जसका कारण मृत्युको खास कुरा पत्ता लगाउनका लागि मेडिकल परीक्षकबाट विष विज्ञानको रिपोर्टको प्रतिक्षा गरिरहेको प्रहरीले जनाएको छ । 
     
    बयस्क मनोरन्जन उद्योगमा आफ्नो कामका लागि परिचित सोफिया लियोनीको गत मार्च १ मा उनको अपार्टमेन्टमा दुःखद निधन भएको उनको परिवारले जनाएका थिए । उनको सौतेनी बुबाले उनको स्मारक कोषको लागि स्थापना गरेको गो फन्डमा स्मृति कोष बनाउने जब घोषणा गरे तव दुनियाँ छक्क परेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १ २०८०११:१६:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend