आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गर्मीमा आफ्नो ब्रान्डका फ्यान र कुलरको प्रयोग गर्न सीजीको आग्रह

गर्मीमा आफ्नो ब्रान्डका फ्यान र कुलरको प्रयोग गर्न सीजीको आग्रह

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ३० २०८०

  • 1.5K
    SHARES

  • गर्मीमा आफ्नो ब्रान्डका फ्यान र कुलरको प्रयोग गर्न सीजीको आग्रह

    काठमाडौँ । चौधरी ग्रुप (सीजी) ले गर्मी मौसम शुरु भएसँगै आफ्नो ब्राण्डले उत्पादन गरेका अत्याधुनिक प्रविधियुक्त फ्यान र कुलरको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

    विज्ञप्ति जारी गर्दै सीजीले धेरै तापक्रम बढ्दा गर्मीले ठूलो चिन्ताको विषय बनाउने भन्दै सो बेलाको समस्याको समाधान सीजी ब्रान्डका उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू भएको उल्लेख गरेको छ ।

    सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको भन्दै सीजीले जनाएको छ, ‘डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर ।

    राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको छ र टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्शन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको छ ।’

    थप विशेषताबारे जानकारी दिँदै सीजी भन्छ, ‘हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरहरू । यी सबै कुलरहरू पनि ५ प्रतिशत ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध छन् ।’

    त्यसैगरी एकदमै क्लासिक र उच्चस्तरीय मोड भएको कुलिङ खोज्दै भए सीजी ब्रान्डसँग सबैभन्दा स्टाइलिश र उच्च स्तरीय सिलि, स्ट्यान्ड, वाल, टेबल फ्यानहरू रहेको सीजीले जनाएको छ ।

    यी सबै फ्यानहरू अति उच्च प्रविधिका साथ ३ र ५ स्पीड कन्ट्रोल भएको, हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएकाले बढी टिकाउ पनि हुने सीजीले जनाएको छ ।

    सीजीले गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्दै लामो समयदेखि नेपालीको जीवनलाई सहज बनाउँदै आएको छ । सीजीले भनेको छ, ‘हाल सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आाएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ ।’

    अन्त्यमा सीजीले भनेको छ, ‘सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम रेन्ज हो । सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । सीजी ब्राण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताहरुको लागि अन्य विश्व प्रख्यात बाण्डहरुको बराबरमा उपलब्ध गराएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ३० २०८००७:०४:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend