काठमाडाैं, ३० फागुन - नेपाली बजारमा सुनको भाउ बुधबार घटेको छ । आज सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । यसअघि, मंगलबार छापावाल सुन १ लाख २६ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।
अघिल्लो तिनदिन सम्म सुनको भाउ हालसम्मकै उच्च मूल्यमा प्रतितोला १ लाख २६ हजारमा कारोबार भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।