सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्ड सरकारमा जान जनमतले राख्यो यस्तो सर्त

प्रचण्ड सरकारमा जान जनमतले राख्यो यस्तो सर्त

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २३ २०८०

  • 2.9K
    SHARES

  • प्रचण्ड सरकारमा जान जनमतले राख्यो यस्तो सर्त

    काठमाडौं, २३ फागुन - मधेस प्रदेशको मुख्यमन्त्री सुनिश्चित भए पछि मात्रै जनमत पार्टी सरकारमा सामेल हुने भएको छ। नेकपा एमाले र नेकपा माओवादी गठबन्धन सरकारमा सामेल हुनका लागि जनमत पार्टीले मधेस मुख्यमन्त्रीको सुनिश्चितता खोजेको हो ।

    यसअघि एमालेसहितको गठबन्धन हुदाँ पुस १० गते भएको सहमति अनुसार एक बर्ष पछि जनमतले मधेस प्रदेशको मुख्यमन्त्री पाउने भन्ने थियो तर डेढ बर्ष लाग्नै खोज्दा पनि जनमतले सो सहमति अनुसारको मुख्यमन्त्री पाएको छैन ।

    ‘यसअघि निर्वाचन लगत्तै २०७९ पुस १० गते एमाले र माओवादीसँग भएको सहमति अनुसार एक बर्ष पछि मधेश प्रदेशको मुख्यमन्त्री जनमतको हुने भन्ने सहमति भएको थियो, त्यो सहमति अझै कार्यान्वयन भएको छैन, जबसम्म मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीको सुनिश्चितता पाउँदैनन, तबसम्म केन्द्र सरकारमा जाने कुनै निर्णय हुन सक्ने अवस्था छैन,’ प्रवक्ता शरदसिंह यादवले सञ्चारकर्मीसँग भने । 

    उनका अनुसार मधेस मुख्यमन्त्री सुनिश्चितता भए पछि प्रचण्ड सरकारमा सहभागिता हुने वा समर्थन जनाउने बारेमा पार्टीले निर्णय गर्ने उनले जनाएका छन ।


     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २२ २०८१११:३९:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend