काठमाडौं । एक चिनियाँ कम्पनीले नेपाली कम्पनीलाई ठगी गरेको छ। सामान पठाउने भन्दै अग्रिम भूक्तानी माग गरिए पनि न त सामान डेलिभर गरेको छ न रकम फिर्ता नै।
आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाई स्टिलबाट ७ सय मेट्रिक टनको स्टिल उत्पादन अर्डर गरेको थियो, जसका लागि चिनियाँ कम्पनीले अग्रिम भुक्तानी मागसमेत गरेको थियो।
तर, चिनियाँ कम्पनीले आरती स्ट्रिप्स प्राइभेट लिमिटेको पटक–पटक रिमाइन्डर गर्दा पनि उत्पादन पुर्याएको छैन। आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले वुटाई स्टिल विरुद्ध आर्थिक अनियमितताको उजुरी दर्ता गरेको छ।
यसैबीच, वुटाई स्टिलले वुटाई स्टिलमा आन्तरिक समस्याका कारण आरती स्टिल प्राइभेट लिमिटेडसँगको सम्झौताको दायित्व पूरा गर्न नसकेको बताएको छ। बेइजिङस्थित नेपाली दूतावासले पनि आफ्ना समकक्षीसँग यो विषय उठाएको भए पनि चिनियाँ पक्षबाट सन्तोषजनक जवाफ नआएको जनाइएको छ।
चीनबाट कपडा, जुत्ता, खेलौना लगायतका वस्तु आयातमा संलग्न भई चिनियाँ कम्पनीले कैयौं नेपाली व्यवसायीलाई ठगिसकेको छ। उनीहरुको गुनासो काठमाडौंस्थित चिनियाँ दूतावासले खारेज गरि ठगीमा मुद्दा चलाउने विषयमा समर्थन जनाएको छ। बेइजिङस्थित नेपाली दूतावास पनि उनीहरुलाई सहयोग गर्न नसक्ने अवस्थामा छ।
यसरी चिनियाँ कम्पनीले नेपाली कम्पनीहरुलाई ठूलो ठगी गर्ने र लुट मच्चाउने काम गरिरहेका छन्। यसमा पनि सरकार मूकदर्शकजस्तै बनेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।