आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

कर्जा हिनामिना आरोपमा सेन्चुरी बैंकका तल्कालीन सीईओ न्यौपानेसहित १० जना पक्राउ

कर्जा हिनामिना आरोपमा सेन्चुरी बैंकका तल्कालीन सीईओ न्यौपानेसहित १० जना पक्राउ

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १५ २०८०

  • 2.9K
    SHARES

  • कर्जा हिनामिना आरोपमा सेन्चुरी बैंकका तल्कालीन सीईओ न्यौपानेसहित १० जना पक्राउ

    काठमाडौँ- कर्जा हिनामिना गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।

    उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको हो । सीआईबी प्रमुख किरण बज्राचार्यले लोकान्तरसँग यसको पुष्टि गर्दै भनिन्, 'सीईओ पदको दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेको विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले मनोज न्यौपाने र अन्य ९ जनालाई नियन्त्रणमा लिइएको छ ।' तत्कालीन सेन्चुरी बैंकलाई गत साल प्रभु बैंकले प्राप्ति गरेको थियो ।

    तर मनोज न्यौपानेलाई सेन्चुरी बैंककै सीईओ रहँदा गरेको मनोमानीका आधारमा पक्राउ गरिएको हो ।​ उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

    देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको डिजाइन र मिलेमतोमा सेन्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसअघिका सीईओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण १५ २०८०१२:४५:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend