आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दर्शकलाई निराश नबनाएका निर्देशक प्रदीप भट्टराई

दर्शकलाई निराश नबनाएका निर्देशक प्रदीप भट्टराई

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १३ २०८०

  • 4.6K
    SHARES

  • दर्शकलाई निराश नबनाएका निर्देशक प्रदीप भट्टराई

    काठमाडौँ, १३ फागुन - मह सञ्चारमा करिब डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत् निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’को निर्देशन गरिसकेका छन् । लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराई स्टारडम भएका निर्देशकमा पर्छन् । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । ती मध्येका एक हुन् निर्देशक भट्टराई ।

    उनले आफ्ना काममार्फत दर्शकको विश्वास घट्न दिएका छैनन्, बढाएका छन् । नेपालमा सिक्वेल फिल्मले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित ग¥यो । पहिलो फिल्ममार्फत् विश्वास बनाउन सफल निर्देशक भट्टराईल दोस्रो फिल्ममार्फत आफुलाई बक्सअफिसमा प्रमाणित गरे । तेस्रो फिल्ममार्फत ह्याट्रिक गरे । चौथो फिल्म ‘महापुरुष’ मार्फत उनले गुरू अभिनेता हरिवंश आचार्यलाई राष्ट्रिय चलचित्र पुरस्कारका हकदार बनाउन सफल भए ।

    उनी अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ लिएर दर्शकसमक्ष आउदैछन् । यसको प्रचारप्रसारको सुरुआत गर्दै उनले विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसहितको टिजर सार्वजनिक गरिसकेका छन् । 

    ‘हामीले फिल्म निर्माणको सुरुआत गर्दा नै विदेश राइट्स विक्री हुनु, नेपालमा वितरकको प्रतिक्रियाले गर्दा यो शृङ्खलाको प्रतीक्षालाई बुझिसकेका थियौँ । महाजात्रा भएकाले कथा, प्रस्तुतीकरणमा झनै मेहनत गरेका छौं । हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’,निर्देशक भट्टराईले भने ।

    उनले आफ्नो सफलतालाई टिमको मेहनतको रुपमा वर्णन गर्छन् । किनकि स्क्रिप्ट लेख्नकै क्रममा हुने छलफल र मेहनतले दर्शकलाई हलबाट खुशी बनाएर निकाल्न सकिएको उनको बुझाइ छ । ‘मैले फिल्म दर्शकका लागि तयार गर्ने गरेको छु । बजारमा यो चलिरहेको छ वा यस्तो डिमाण्ड छ भनेर काम गरिएको छैन । हाम्रो शैलीमै काम गर्ने गरेका छौं, दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको छ’, निर्देशक भट्टराईले भने ।

    जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा  प्राप्त हुने पैसा व्यवस्थापन गर्ने अवसरले गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ । 

    कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले नेपालसँगै विदेशमा पनि चैत ९ गते प्रदर्शन हुने बताए । 

    ‘हाम्रो कम्पनिले अधिकाँस देशमा प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । यसलाई हेर्न परिवार नै दर्शक बनेर आउने हुँदा हाम्रो लगानी सुरक्षित हुनुका साथै मुनाफा नै हुन्छ’, वितरक थापाले भने,‘हामीले यसले प्राप्त गर्ने रकम दिएका छौं । सम्भवत यो अहिलेसम्म विदेश अधिकारका लागि बिक्री भएको मध्ये बढी हो । यसबाट म मात्र नभई स्थानीय वा सहर–सहरमा प्रदर्शन गर्ने पनि लाभान्वित हुनेछौँ ।’

    फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

    यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १३ २०८०११:२३:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend