काठमाडौ, १३ फागुन - सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । यसले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेको र बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ मार्फत निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ मूल्यमा आईपीओ जारी गरेको हो ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यसमा आवेदन दिन सक्नेछन । । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यसको रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तम सिमेन्टको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार ६ गतेसम्म बाहल रहनेछ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।