आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिग सीजी डे : ८ सय बढी प्रोडक्टमा भारी छुट, २४ हजारसम्म क्यासब्याक

बिग सीजी डे : ८ सय बढी प्रोडक्टमा भारी छुट, २४ हजारसम्म क्यासब्याक

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 1.0K
    SHARES

  • बिग सीजी डे : ८ सय बढी प्रोडक्टमा भारी छुट, २४ हजारसम्म क्यासब्याक

    चौधरी ग्रुपअन्तर्गत सीजी डिजिटलले तेस्रो संस्करणको आफ्नो सबैभन्दा ठूलो सेल बिग सीजी डे शुक्रबार रातिबाट सुरु हुँदै छ।

    यस वर्षको बिग सीजी डे विगतका वर्षहरूभन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिङ अनुभव प्रदान गर्ने सीजी डिजिटलले जनाएको छ।

    बिग सीजी डेको मुख्य हाइलाइटहरु ८ सय बढी सामानहरूमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भौचर, २४ हजार रुपैयाँसम्म क्यास ब्याक, डेल्ली गिभअवेको रूपमा १० दिनसम्म हरेक दिन एक लक्की विजेताले आफूले किनेको सामान बराबरको अर्को सामान नि:शुल्क किन्न पाउने, ४१४१ सम्म सीजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

    बैंक छुटको सन्दर्भमा, बिग सीजी डेमा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत अधिकतम २ हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत २५ प्रतिशत अधिकतम २५ सय रुपैयाँ बचत गर्न सक्नेछन्। नबिल बैंकका ग्राहकहरूले माथि उल्लिखित कार्ड छुटहरू प्राप्त गर्न सक्नेछन्।

    यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन्। तसर्थ, ग्राहकहरूलाई बिग सीजी डे सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ। बिग सीजी डेको पहिलो दिन शनिबार दिउँसो ४ बजे आफ्नो सोसल मिडियामार्फत लाइभ शो गर्ने कम्पनीले जनाएको छ।

    त्यसअनुसार सलोन बस्नेत लगायत विभिन्न चर्चित कलाकारहरुसँगको कुराकानी रहनेछन्। साथै विभिन्न उपहार तथा छुट भौचर पनि लाइभको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ। लाइभ हेर्नको लागि सीजी डिजिटलको फेसबुकपेजमा जानुपर्नेछ। बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स (एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, ब्ल्याक प्लस डेकर, क्रम्प्सन, एलिसिया, सेन्सेई), सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ११ २०८००८:०९:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend