काठमाडौ, ११ फागुन - सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको बिहीबार बसेको सञ्ञचालक समितिको बैठकले उक्त नाफा नाफा रिजर्भ कोषमा राख्ने निर्णय गरेको हो ।
साविकको ज्योति लाइफले २०७९ साउन १ गतेदेखि पुस ६ गतेसम्म कमाएको नाफा जगेडा कोषमा राख्ने जनाएको हो । साथै, ज्योति लाइफ इन्स्योरेन्सका अनुसार पुँजी, रिजर्भ, लगानी रकम, जीवन बिमा कोषलगायत सम्पूर्ण सम्पति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय भएको हो ।
साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार सुरु भइसकेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।