आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जैसवालको कीर्तिमानी दोहोरो शतकपछि इङ्ल्याण्डले पायो ५५७ रनको लक्ष्य

जैसवालको कीर्तिमानी दोहोरो शतकपछि इङ्ल्याण्डले पायो ५५७ रनको लक्ष्य

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ६ २०८०

  • 1.7K
    SHARES

  • जैसवालको कीर्तिमानी दोहोरो शतकपछि इङ्ल्याण्डले पायो ५५७ रनको लक्ष्य

    काठमाडौँ, ६ फागुन - भारतका युवा ब्याट्सम्यान यशस्वी जैसवालले दोहोरो शतक बनाएपछि भारतले जारी तेस्रो टेस्टमा इङल्याण्डलाई विशाल ५५७ रनको लक्ष्य दिएको छ । खेलको चौथो दिन भारतले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै ४३० रन बनाएपछि इनिंग घोषणा गरेको थियो ।
     
    भारतका लागि दोस्रो इनिंगमा यशस्वी जैसवालले अविजित २१४ रन बनाएका छन् । जैसवाल टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने तेस्रो युवा खेलाडी बनेका छन् । उनले २२ बर्ष ४९ दिनमा टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएर यस्तो रेकर्ड बनाएका छन् ।
     
    टेस्ट क्रिकेटमा कम उमेरमा दोहोरो शतक बनाउने किर्तिमान भारतकै विनोद काम्ब्लीको नाममा रहेको छ । उनले २१ बर्ष ५४ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका डन ब्राडम्यानले २१ बर्ष ३१८ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए । 
     
    त्यस्तै आफ्नो डेभ्यु टेस्ट खेलिरहेका शरफराज खानले ६८ रन बनाउदै दुवै इनिंगमा अर्धशतक बनाएका छन् । त्यस्तै भारतका शुभमन गिल ९१ रन बनाएर आउट भएका थिए । यसरी पहिलो इनिंगमा १२६ रनको अग्रताको आधारमा भारतले ५५६ रनको अग्रता लिएको छ । यस अघि भारतले पहिलो इनिंगमा ४४५ र इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ६ २०८००२:०८:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend