आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७०० प्रहरी परिचालन

कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७०० प्रहरी परिचालन

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ६ २०८०

  • 1.5K
    SHARES

  • कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७०० प्रहरी परिचालन

    सञ्जय मिश्रा
    रौतहट ६ फागुन-  रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले  अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे हाे । 

    बाटो खुलाउने प्रहरीको २४ घन्टा बढीको प्रयास असफल भएर शनिबार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।  घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा  शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुबैपक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या एकीन नभएको जनाएको छ। 

    शनिवार साँझ ५ बजेदेखि लागू हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ । घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जानेक्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ। तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दुपक्षले गुनासो गर्दै आएको छ। 

    उक्त क्षेत्रका नेतृत्व गरिरहेका संघीय संसद किरण साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुबै पक्षलाई राखेर  मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो । सहमतिविपरीत मुस्लिम समुदायका  केही उच्छृंखल युवाहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त  बनेपछि  मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र साह घटनास्थल पुगेपछि कर्फ्यू आदेश जारी भएको थियो। 

    कर्फ्यू आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ। दुवै समुदायका मानिस आआफ्नो घरभित्र बसिरहेका छन्। हाल कर्फ्यू भित्रै सरस्वती माताको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ। मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

    जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थप आएका गरी नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सातसय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। ईशनाथ- ७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरु भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ स्थलगत खटेका छन्। दुबै समुदायलाई सम्झाइ बुझाइ बिग्रिएको भाईचारा बनाउन सके ठूलो उपलब्धि हुने एसपी श्रेष्ठको भनाइ छ। 

    मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल २४ घन्टा देखि ईशनाथ केन्द्रित भएका छन्। उनले दुवै समुदाय बिगतको जस्तै मिलेर बसेको जस्तै पुनः मिलाउने आफूहरु प्रयासरत रहेको बताएका छन।  संघीय सांसद किरण साहले शनिबार भएको दुईपक्षीय सहमती तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनले ट्याक्टर र डिजेमा भएको तोडफोडको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन्। विगत लामो समयदेखि संसदीय निर्वाचन क्षेत्र- २ अन्तर्गत हिन्दू समूदायले मनाउने पर्व माथि पटकपटक अर्का समुदाय बाट हस्तक्षेपको प्रयास हुँदै आएको छ। सरस्वती पूजा, दुर्गा पूजा, महाबिरी झण्डीमा बिभिन्न बाधा अवराेध पुर्‍याइँदै आएको स्थानीयले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०८११०:३०:५९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend