आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मधानी महायज्ञ, रौतहटमा बलिउड नायक गोबिन्दा देखी रवि किशन आउँदै

मधानी महायज्ञ, रौतहटमा बलिउड नायक गोबिन्दा देखी रवि किशन आउँदै

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ६ २०८०

  • 2.2K
    SHARES

  • मधानी महायज्ञ, रौतहटमा बलिउड नायक गोबिन्दा देखी रवि किशन आउँदै

    सञ्जय मिश्रा 
    रौतहट ६ फागुन- मधानी महायज्ञलाई लक्षित गर्दै रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सरसफाई अभियान सुरु भएको छ। 

    मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गराउन महाशीवरात्रीको अवसरमा आयोजना हुँदै आएको मधानी महायज्ञ लाई लक्षित गर्दै सरसफाई अभियान सुरु भएको हो।

    मौलापुर नगरपालिकाको जगको रूपमा मनाइने मधानी महोत्सवको उपलक्ष्यमा घरघरमा अतिथि पाहुनाहरु आउनुहुने भएकोले सरसफाई अभियानमा सहभागी हुन मेयर रिना कुमारी साहले सम्पूर्ण नगरबासी लाई आग्रह गरेकी छन्।

    ‘हाम्रो नगर, सुन्दर शहर’ अभियानका रुपमा नगरका मुल हाइवे देखि ठूलो सानो सबै भित्री सडक समेत सरसफाई गर्ने अभियान शनिवार देखि सुरु भएको छ । पुरै नगरलाई सफा र सुन्दर बनाउने यो सरसफाई अभियान लगातार १ महिना चल्ने मेयर साहले जानकारी दिएकी छन्। सरसफाई अभियानमा सबैलाई साथ र सहयोग गर्न उनको आग्रह रहेको छ ।

    सम्पूर्ण नगरवासीमा आफ्नो घर अगाडि पछाडि, बाटोमा रहेको फोहर, पराल, गाई गोरु भैंसीलाई ख्वाउन राखिएको नादका साथै  छेउछेउमा राखिएको सबै किसिमको समान हटाइ बाटो सफा राख्न मौलापुर नगरपालिकाले आग्रह गरेको छ।

    पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा २०७६ सालदेखि मौलापुर नगरपालिकामा मधानी महायज्ञको आयोजना हुँदै आएको छ। पहिलो बर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बनेर मधानी महायज्ञको उदघाटन गरेकी थिइन्। महाशिवरात्रीको अवसरमा भगवान शिवको बिशेष पूजा मधानी महायज्ञ हुने गर्दछ।

    gobinda.jpg

    उक्त अवसरमा हजारौं भक्तजनहरू महादेव स्थानमा जल चढाउने गर्दछन्। परापूर्वकाल देखि रौतहट, बारा, पर्सा र सर्लाहीमा मात्र मधानी महायज्ञ हुने गरेको थियो। तर, मौलापुरमा सप्ताहव्यापी रुपमा मधानी महायज्ञ हुन थाले पछि अहिले अर्न्तराष्ट्रियकारण भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन।

    मौलापुरमा हुने सप्ताहब्यापी कार्यक्रममा धार्मिकसँगै सांस्कृतिक पक्षलाई पनि बिशेष महत्व दिने गरिन्छ। उक्त अवसरमा भारतीय सिनेजगतका सुपर स्टार संगै नेपाली सिने जगतका सुपर स्टार नायक नायिकाहरु मौलापुरमा प्रस्तुती दिनेछन्। यसपटक मौलापुरमा वलिउड नायक गोबिन्दा, भोजपुरी नायक रविकिशन, पल शाह, दिनेश डिसीलगायत उपस्थित हुनेछन् । 

    साथै, सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु लाई पनि आआफ्नो प्रस्तुतिका लागि अवसर दिईने गरिन्छ। झण्डै एकसाता सम्म चल्ने मौलापुर मधानी महायज्ञको अवसरमा रौतहट, बारा, पर्सा, सर्लाहीसंगै सीमावर्ती भारतीय क्षेत्रबाट लाखौं मानिस आउने गर्दछन् । मौलापुरसंगै आसपासका पालिका अन्तर्गतको प्रायः सबै घरमा पाहुनाहरु आउने गर्दछन्।

    गतबर्ष भएको मधानी महायज्ञको अवसरमा ६ लाख भन्दा बढी मानिस अवलोकन गरेको मौलापुर नगरपालिकाले आँकलन गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २७ २०८३१२:१५:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend