आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल नामिबियासँग ४ विकेटले पराजित

नेपाल नामिबियासँग ४ विकेटले पराजित

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ३ २०८०

  • 1.6K
    SHARES

  • नेपाल नामिबियासँग ४ विकेटले पराजित

    काठमाडौँ, ३ फागुन । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
     
    नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।
     
    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।
     
    नेपालका भीम सार्कीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।
     
    त्यस्तै नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्बाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए । योसँगै लिग-२ मा नामिबियाले २ महत्वपूर्ण अंक हासिल गरेको छ । अब यस सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र नेदरल्याण्डसविरुद्ध हुने तालिका रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ३ २०८००३:२९:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend