काठमाडौँ, ३ फागुन । साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितसँगै अल नासरले पहिलो लिगमा १-० को अग्रता लिएको छ । अब राउण्ड १६ को दोस्रो लिग फेब्रुअरी २१ मा हुने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।