आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो

शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो

  • मिडिया डबली
  • सोमवार, माघ २९ २०८०

  • 1.2K
    SHARES

  • शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशत बढ्यो

    काठमाडौ, २९ माघ - शिखर इन्स्योरेन्सको नाफा १९.१७ प्रतिशतले बढेको छ ।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म आइपुग्दा शिखर इन्स्योरेन्सको १९.१७ प्रतिशतले बढेर खुद नाफ २५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा यसले २१ करोड ७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

    कम्पनीको यसअवधिमा खुद बिमा शुल्क आर्जन ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

    लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । पुस मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसाले बढेर १८ रुपैयाँ ९२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २९ २०८०११:०९:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend