आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

  • मिडिया डबली
  • बिहिवार, माघ २५ २०८०

  • 3.7K
    SHARES

  • जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

    काठमाडौं, २५ माघ - नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ।सूर्यदर्शन सहकारीसँग सम्बन्धित सर्भर उनको घरमा समेत रहेको आशंकामा प्रहरीले जोशीको घरमा छापा मारेको हो।

    जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो।‘जोशीको घरमा रहेको सर्भर उठाइएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने।

    जिल्ला प्रहरी कार्यालय कास्कीले जोशीको घरसमेत रहेको नेचर हर्बको कार्यालयबाट सर्भरलगायत उठाइदिनका लागि परिसरसँग सहयोग मागेको थियो।

    यसअघि सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जना व्यक्ति र कम्पनीविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी परेको थियो।

    जोशी प्रहरी सेवाबाट अवकाश भएपछि राईका पार्टनर बनेका थिए। गैरकानुनी नेटवर्किङ कारोबार गरेको आशंकामा नेचर हर्बमा वाणिज्य विभागले समेत यसअघि छापा मारेर कागजात खोजेको थियो।

    पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी प्रकरणमा संस्थापक अध्यक्ष जिबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ।

    सूर्यदर्शन सहकारीका सञ्चालक राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए।

    राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो।

    सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो। उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २५ २०८१०७:३७:१६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend