काठमाडौँ - घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टीसीएलले अडिओ गुणस्तर अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ।
टीसीएलका अनुसार साउन्डबारहरूले मनपर्ने चलचित्रहरू, संगीत र टीभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्दछ । वायरलेस सबवुफरले अति नै राम्रो क्वालिटीको बेस थप्छ ।
घरको आराममा थिएटर जस्तो वातावरण जस्तै महसुस गराउँछ। टीसीएल भन्छ – 'जताततै अल्झिने तारहरुलाई हटाई टीसीएल साउन्डबारहरूले ब्लुटुथमार्फत वायरलेस काम गर्दछ ।
टीसीएलका एस६४३डब्लू, एस५२२डब्लू र एस३३२डब्लू गरी ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन् ।
अब सहज रूपमा आफ्ना हरेक डिभाइससँग टिसीएलका साउन्डबार जोडी कुनै झन्झट बिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिल्छ ।' बिश्वब्यापी ब्राण्ड टीसीएलले नबिन उत्पादनहरु प्रदान गर्दै आइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।