बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पाकिस्तानी प्रहरी चाैकीमा आतंकबादी हमला, १० प्रहरीकाे मृत्यु

पाकिस्तानी प्रहरी चाैकीमा आतंकबादी हमला, १० प्रहरीकाे मृत्यु

  • मिडिया डबली
  • सोमवार, माघ २२ २०८०

  • 1.7K
    SHARES

  • पाकिस्तानी प्रहरी चाैकीमा आतंकबादी हमला, १० प्रहरीकाे मृत्यु

    इस्लामबाद, २२ माघ - पाकिस्तानमा बिद्रोहीहरूको हमलामा परी १० प्रहरीले ज्यान गुमाएका छन ।डेरा इस्माइल खानको चोडवान प्रहरी चौकीमा सोमबार अबेर राति भएको आक्रमणमा १० प्रहरीको मृत्यु भएको हो ।

    पाकिस्तानी प्रहरीका अनुसार सो घटनामा परी ६ जना घाइते भएका छन् भने अन्य सुरक्षित रहेका छन । फेब्रुअरी ८ मा आमनिर्वाचन हुन लागेको तीन दिनअघि यो आक्रमण भएको पाकिस्तानी मिडिया डान डट कमले जनाएको छ ।

    क्षेत्रीय प्रहरी अधिकृत  (आरपीओ) नासिर महमूदल हताहत भएको पुष्टि गर्दै अगाडी भने, ‘तीस भन्दा बढी आतंककारीहरूले तीन दिशाबाट आक्रमण गरेका थिए, जहाँ साढे दुई घण्टाभन्दा बढी समयसम्म गोली हानाहान भएको थियो ।” 

    खैबर पख्तुनख्वाका प्रहरी प्रमुख अख्तर हयात गन्डापुरका अनुसार गन्डापुरका अनुसार आक्रमणकारीहरूले सोमबार बिहान भएको आक्रमणको क्रममा प्रहरी चौकीलाई केही समयका लागि नियन्त्रणमा लिएका थिए।

    द्राबनका प्रहरी नायब उपरीक्षक मलिक अनीसुल हसनका अनुसार प्रहरी भवनमा प्रवेश गरेपछि आतंककारीहरूले हाते ग्रेनेड प्रयोग गरेका थिए, जसका कारणा पुलिसलाई बढी हताहती हुन गयो ।

    खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ता बढेको छ किनभने दुबै प्रान्तहरूले पछिल्ला केही दिनहरूमा धेरै आक्रमणहरू भोगीरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend