आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युनाइटेड इदी मर्दीको ५.७८ प्रतिशत लाभांश वितरणकाे घोषणा

युनाइटेड इदी मर्दीको ५.७८ प्रतिशत लाभांश वितरणकाे घोषणा

  • मिडिया डबली
  • सोमवार, माघ २२ २०८०

  • 1.3K
    SHARES

  • युनाइटेड इदी मर्दीको ५.७८ प्रतिशत लाभांश वितरणकाे घोषणा

    काठमाडौ, २२ माघ - युनाइटेड इदी मर्दी एन्ड आर.बि हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त नाफाको ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) गरी कुल ५.७८९ प्रतिशत लाभांश दिने कम्पनीले जनाएको हो । 

    कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।  यता, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । 

    सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कम्पनीले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २२ २०८००२:४२:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend