आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ब्लाक एण्ड डेकरको 'गिफ्ट टू शेयर, लभ इन द एयर' अभियान शुरु

ब्लाक एण्ड डेकरको 'गिफ्ट टू शेयर, लभ इन द एयर' अभियान शुरु

  • मिडिया डबली
  • सोमवार, माघ २२ २०८०

  • 1.5K
    SHARES

  • ब्लाक एण्ड डेकरको 'गिफ्ट टू शेयर, लभ इन द एयर' अभियान शुरु

    काठमाडौँ- ११४ वर्षको लामो इतिहास बोकेको नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले नजिकै आउँदै गरेको प्रणय दिवसलाई मध्यनजर गरी गिफ्ट टू शेयर, लभ इन द एयर नामक अभियान अघि सारेको छ।

    सो अभियान अन्तर्गत ग्राहकले आफू अथवा आफ्नो नजिकको व्यक्तिको लागि ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन्।

    अन्तराष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु अत्यन्तै स्टाइलिश, टिकाउ र भरपर्दो भएका हुनाले आफ्नो नजिकको ब्यक्तिलाई गिफ्ट दिन अत्यन्त प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाई छ।

    साथै ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ, जसमा प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्लाक एण्ड डेकरको कफि मेकर जित्न सक्नु हुनेछ।

    घरायसी कार्यहरूलाई अत्यन्तै सहज बनाउने ब्लाक एण्ड डेकरका साना होम एप्लायन्सहरु नेपाली बजारमा सर्वत्र उपलब्ध छ। ब्लाक एण्ड डेकरको विशाल प्रडक्ट रेन्जमा एयर फ्राइर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन९ओटीजी०, इलेक्ट्रिक प्रेसर कूकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिम मोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता थुप्रै एप्लायन्सहरु रहेका छन्।

    ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक एण्ड डेकरले आफ्नो सम्पूर्ण उत्पादनहरूमा २४ महिनाको वारेन्टी उपलब्ध गरेको छ भने नेपाल भरी आफ्नो ४०वटा भन्दा बढी सर्भिस सेन्टरहरूबाट बिक्री उप्रान्त सेवाहरू छिटो छरितो रूपमा प्रदान गरिरहेको छ।

    नेपाल अधिराज्यभर ब्लाक एण्ड डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप रहेको छ। ब्लाक एण्ड डेकरका उत्पादनहरू सिजी डिजिटल शोरुम, एलजी शपी शोरुम, फराकिलो विक्रेता सञ्जाल तथा इकमर्श साइट www.cgdigital.com.np का साथै www.daraz.com.np र sastodeal.com मार्फत पनि खरिद गर्न सकिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २२ २०८०१२:३१:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend