काठमाडौँ, २२ माघ - अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतवार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू निराश बनेका छन् ।
इन्टर मियामी र हङकङ एघारबीचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो । गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट बिक्री गरिएको थियो ।सो खेलमा इन्टर मियामीले हङकङ-११ लाई ४-१ ले पराजित गरेको थियो ।
तर यस खेलमा मेसी नखेलेपछि मैदानमा उपस्थित फ्यानहरुले विरोध गर्दै आफ्नो टिकटको पैसा फिर्ता मागेका थिए । फ्यानहरुको विरोध र असन्तुष्टिपछि आयोजकले फ्यानहरुलाई स्पष्टिकरण दिनुपर्ने माग भइरहेको छ । यस खेलमा अर्का खेलाडी लुइस स्वरेज समेत खेलेका थिएनन् । जोर्डी अल्बा र सर्जियो बुस्केट्स दोस्रो हाफदेखि मात्र खेलेका थिए ।
आयोजकले भने मेसी र स्वरेज नखेलेको बारे आफुलाई पुर्ब जानकारी नभएको बताएको छ । यसले आयोजक र फ्यानहरु दुवैलाई निराश बनाएको जनाएको छ । यता इन्टर मियामीका प्रशिक्षक जेरार्ड़ो मार्टिनोले भने अन्तिम समयमा मेडिकल स्टाफको सुझावमा मेसी र स्वरेजलाई नखेलाएको बताएका छन् ।
मेसी यसअघि अल नासरविरूद्धको खेलमा पनि अन्तिम समयमा मैदानमा आएका थिए । सो खेलमा इन्टर मियामी ६-० ले पराजित भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।