आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री सहयोग

बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री सहयोग

  • मिडिया डबली
  • शुक्रवार, माघ १९ २०८०

  • 2.0K
    SHARES

  • बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री सहयोग

    भक्तपुर, १९ माघ - भक्तपुर जिल्ला बक्सिङ संघको सिफारिस अनुसार एक जना आर्थिक अवस्था कमजोर भएका बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ।

    सामाजिक उतरदायित्वअन्तर्गत विपन्न ती खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरिएको जनाएको छ।

    इको प्यानल नेपाल प्रालिले बक्सिङ खेलाडी विकल भ्वय्द्योलाई एक कार्यक्रम गरी खेलकुद सामाग्री हस्तातरण गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले खेलकुद सामाग्री हस्तातरण गरेका हुन्।

    कार्यक्रममा नेपाल बक्सिङ महासंघका केन्द्रीय कोषाध्यक्ष गौतम सुजखुले खेलकुदलाई ठूलाठूला कम्पनीहरूले सहयोग गर्दै आएकोमा देशको अस्थिर राजनीतिका कारण ती सहयोगहरूमा कमी आएकोमा अहिले सानोसानो सहयोग सुरु भएको बताए। 

    कार्यक्रममा इको प्यालनका सिइओ इन्जिनियर कृष्णभक्त दुवालले कर्पोरेट सोसियोल रेस्पन्सिविलिटी अथवा सामाजिक उतरदायित्वको कार्यक्रमअन्तर्गत सहयोग गरेको बताए।

    उनले संघले गरेको सिफारिसको आधारमा वर्षमा एक जना खेलाडीलाई सहयोग गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले यस्ता सहयोगले खेलकुदको विकास गर्न र खेलाडीहरूलाई उत्साहित गर्न सहयोग पुग्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १९ २०८००६:३१:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend