आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एलिका ब्रान्डको ग्यास चुल्होबारे आएको समाचारमा उपभोक्तालाई अनुरोध

एलिका ब्रान्डको ग्यास चुल्होबारे आएको समाचारमा उपभोक्तालाई अनुरोध

  • मिडिया डबली
  • शुक्रवार, माघ १९ २०८०

  • 2.0K
    SHARES

  • एलिका ब्रान्डको ग्यास चुल्होबारे आएको समाचारमा उपभोक्तालाई अनुरोध

    काठमाडौँ - चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले एलिका ब्राण्डको ग्यास चुल्हो उपभोक्ताको अधिक रुचाइमा रहेको भन्दै यसप्रति फैलाइएका अफबाहको पछि नलाग्न आग्रह गरेको छ ।

    प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले भ्रामक समाचारहरुको विश्वास नगर्न पनि कम्पनीले विज्ञप्ति मार्फत अनुरोध गरेको छ । उसले विज्ञप्तिमा भनेको छ, ‘यस कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त ब्राण्डका विभिन्न विद्युतीय उपकरण–उत्पादनहरुको वर्षौँदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीले बिक्री वितरण गर्ने वस्तुहरुको गुणस्तरमा र बिक्री पश्चातको सेवामा यस कम्पनी सदैव संवेदनशील रही ग्राहकको उच्चतम हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको छ ।यस कम्पनीले बिक्री वितरण गरिरहेको विभिन्न ब्राण्डका उत्पादनहरुमध्ये एलिका इटालियन ब्राण्डका चुलोहरु उपभोक्ताहरुले अधिक रुचाई छोटो समयमा उपभोक्ता माझमा बिश्वास जमाउन सफल भएको छ ।हाम्रो उपभोक्ताहरुले हामी प्रति देखाएको माया र सदभाव प्रति हामी सदैव कृतज्ञ छाँै ।’

    कम्पनीले अगाडि भनेको छ, ‘यस कम्पनीको व्यवसाय एवं बजारलाई अनुचित रुपमा प्रभावित पार्ने, यस कम्पनी र कम्पनीका पदाधिकारीहरुको ख्यातीमा असर पुर्याउने बदनियतले यस कम्पनीले बिक्री वितरण गर्दै आएको एलिका चुल्होको सम्बन्धमा कथित अनलाइन मिडियाले भ्रामक एवं झुट्ठा व्यहोरा उल्लेख गरी समाचार प्रकाशन गरी प्रचार प्रसार गरेको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अनर्गल समाचार प्रकाशन गर्ने मिडियाले विगत केही वर्षदेखि नै चौधरी ग्रुप, यस ग्रुप अन्तर्गतका कम्पनीहरु र यसका संस्थापकहरुलाई नियोजित रुपमा लक्षित गरि अनुचित रुपमा विभिन्न भ्रामक एवं झुठा समाचारहरु प्रकाशन गरिरहेकामा उक्त मिडियाका विरुद्द दायर भएका गाली बेइज्जतीका मुद्दाहरु हाल अदालतमा विचाराधीन छन् । यस्तोमा यस कम्पनी समेतका विरुद्ध बदनियत राखी यस कम्पनीको ख्याती र बजारमा धक्का पुर्याउने बदनियतले मात्र प्रकाशन भ्रामक व्यहोराहरु उल्लेख गरी समाचारहरु प्रकाशन गरिएकाले सो तर्फ उचित कानूनी उपचारका मार्ग अवलम्बन गर्ने नै छौँ ।’

    विज्ञप्तिमा एलिकाबारे भनिएको छ, ‘एलिकापीवी इन्डिया प्राइभेट लिमिटेड, आईएसओ ९००१–२००८ सर्टिफाइड एक विश्वविख्यात कम्पनी हो । यस कम्पनीले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विभिन्न चरणमा कडा परीक्षण गरेर मात्र बजारमा बिक्री वितरणका लागि पठाइने गरिन्छ । एलिका कम्पनीबाट उत्पादिन वस्तुहरुको गुणस्तरको सम्बन्धमा कम्पनीको आधिकारिक रिपोर्टले प्रमाणित गर्दछ । कुनै वस्तुको अनुचित प्रयोग वा कुनै दुर्घटनाबाट सृजना भएका टुटफुटहरुलाई अनर्गल र भ्रामक रुपमा प्रस्तुति गरी कम्पनीको ख्यातिमाथि अनुचित रुपमा आक्रमण गर्ने कार्य आपत्तिजनक एवं गैरकानूनी छ । यस कम्पनीविरुद्ध बदनियत राखी प्रकाशन गरिएका यस्ता समाचारहरुमा सत्यता नरहेकाले यस्ता भ्रामक सूचनाहरुको सम्बन्धमा सचेत रहन हामी सवै उपभोत्ताहरुलाई आह्वान गर्दछौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १९ २०८००४:०९:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend