सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सर्लाहीमा ट्राफिक प्रहरीमाथि छुरा प्रहार

सर्लाहीमा ट्राफिक प्रहरीमाथि छुरा प्रहार

  • मिडिया डबली
  • शुक्रवार, माघ १९ २०८०

  • 3.5K
    SHARES

  • सर्लाहीमा ट्राफिक प्रहरीमाथि छुरा प्रहार

    सर्लाही, १९ माघ - सर्लाहीको नवलपुरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ ।  महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि शुक्रबार बिहान करिब १० बजेको समयमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायको छ ।

    पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक कार्यालय नवलपुर अगाडि नियमित चेकजाँचको क्रममा मोटरसाइकलमा सवार  व्यक्तिलाई  चेकजाँच गर्ने क्रममा मोटरसाइकल कागज पत्र साथमा नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोज्दा ट्राफिक प्रहरी जवानमाथि नै छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

    पश्चिमबाट पूर्वतर्फ ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर १ घर भएका यमामुदिन देमानले चेकिङमा खटिएका ट्राफिक प्रहरी जवानलाई छुरा पहार गरेका हुन् । छुरा प्रहार गरी भाग्न खोजेका देमानलाई तत्काल पक्राउ गरी ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहार गर्ने देमानलाई ज्यान मार्ने उद्याेगमा मुद्दा  दर्ता गरिने प्रहरी उपरीक्षक प्रबिण धितालले जानकारी दिए ।

    घाइते ट्राफिक प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । घाइते प्रहरी जवानलाई उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ११ २०८२०७:३१:३६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend