काठमाडौँ, १८ माघ - नेपाल पुलिस अपराजित रहदै पीएम कपको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुदै फाइनल खेल्ने भएको हो ।
नेपाल पुलिस क्लबले दिएको १९९ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ३७.१ ओभरमा अलआउट हुदै १२० रन बनाएको थियो । यस अघि पुलिस क्लबले पहिला ब्याटिंग गर्दै ४७.५ ओभरमा अल आउट भएर १९८ रन बनाएको थियो । मौसम खराब भएपछि यो खेल ४९-४९ ओभर खेलाइएको थियो ।
योजितसँगै पुलिस क्लबले प्रतियोगितामा आफ्ना सबै ९ खेलमा जित हासिल गर्दै १८ अंक हासिल गरेको छ । अब पुलिसले फाइनलमा शनिबार ९ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।यो हारसँगै सुदूरपश्चिम प्रदेश ९ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।