काठमाडौँ, १७ माघ - एपीएफ क्लब पीएम कपको फाइनलमा पुग्न असफल भएको छ । बुधबार टियु मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशसँग २१ रनले पराजित भएसँगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको हो ।
कर्णाली प्रदेशले दिएको २०७ रनको लक्ष्य पछाएको एपीएफले ४४ ओभरमा अल आउट हुदै १८५ रन बनाएको हो । यसअघि कर्णालीले पहिला ब्याटिंग गर्दै ४४.१ ओभरमा २०६ रन बनाएर अल आउट भएको थियो ।
योसँगै डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब ९ खेलमा १० अंक हासिल गर्दै अंकतालिकामा पाँचौं स्थानमा रहेको छ र फाइनलमा पुग्न असफल भएको छ । त्यस्तै यो जितसंगै कर्णालीले ९ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।