काठमाडौँ, १७ माघ - जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
योसँगै बंगलादेशले पहिला बलिङ गर्ने भएको छ । नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।
सुपर सिक्सको पहिलो खेलमा मंगलबार भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित हासिल गरिसकेका हुनाले नेपालको सेमिफाइनलको सम्मावना भने सकिएको छ । अब दुवै खेलमा जित हासिल गरेपनि नेपालको सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।
नेपालले समुह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो ।
आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।